कोशी


ताप्लेजुङमा एकीकृत समाजवादीद्वारा उम्मेदवार सिफारिस

ताप्लेजुङमा एकीकृत समाजवादीद्वारा उम्मेदवार सिफारिस

नेपालखबर
भदौ ९, २०७९ बिहिबार ९:२४, ताप्लेजुङ

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ।  

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ हर्क यक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईको नाम सिफारिस गरिएको छ।

यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागाईंलाई सिफारिस गर्ने निर्णय भएको अध्यक्ष लामाले जानकारी दिए। 

यस्तै प्रदेशसभा (क) को प्रत्यक्षतर्फ शम्भु गौतम, सुनिता मादेन र डालकुमार गुरुङ तथा प्रदेशसभा (ख) को प्रत्यक्षतर्फ खेमबहादुर वनेम, मञ्जु पौडेल भट्टराई र ठाकुरसिंह नाल्वोलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरिएको छ।

प्रदेशसभा (क) को समानुपातिकतर्फ नीताकुमारी सिवा र अमर लोहार तथा प्रदेशसभा (ख) तर्फ आरसी पोमु र देवीमाया नेपालीको नाम सिफारिस गरिएको अध्यक्ष लामाले जानकारी दिए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad