कोशी


‘हजुरबाको पालादेखि नातिको पालासम्म मलकै अभाव?’

‘हजुरबाको पालादेखि नातिको पालासम्म मलकै अभाव?’

नेपालखबर
साउन ८, २०७९ आइतबार १६:५४, विराटनगर

प्रदेश १ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले रासायनिक मलको अभाव किन भएको हो, जानकारी दिन माग गरेका छन्। 

प्रदेश १ प्रदेश सभामा बोल्दै कोइरालाले मल अभावको समस्या समाधान गर्न माग गरे।

‘हजुरबुवाको पालामा पनि मलको अभाव भएको मेरो पालामा पनि मलको अभाव, छोराको पालामा पनि अभाव’ उनले भने, ‘यसको जडि कुरा के हो?’

प्रदेशमा रसायनिक मलको अवस्था के छ त्यसबारे जानकारी गराउन र किन समस्या आइरहेको छ यसको जवाफ सदनमा दिन माग गरे।

कांग्रेस संसदीय दलका नेता कोइरालाले प्रदेशको नाम राख्ने विषयमा दलहरु गम्भीर भएर लागेको दाबी गरे। बाहिर दलहरुले नाम राख्न काम नगरेको भनेर सन्देश गएको भन्दै आफूहरु नाम राख्न छलफलमै रहेको बताए। 

उनले भने, ‘हामी पहिचान पनि भेटिने द्वन्द्व पनि मेटिने नामको खोजीमा छौँ।’ 

कोइरालाले सातवटा प्रदेश मध्ये प्रदेश १ को मात्रै नाम राख्न बाँकी रहेकाले प्रदेश सभामा रहेका दलहरु चुपो लागेर नबसेको बताए। उनले प्रदेश सरकार र सभामुखले वार्ताको सुरुवात भएको बताए। 

तीन खाले नाम आएको भन्दै उनले एकल पहिचान बहु पहिचान र साझा पहिचानका आधारमा नाम आएकाले साझा बिन्दुमा पुग्न प्रयासरत रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad