कर्णाली


सुर्खेतका पत्रकार सापकोटामाथि सांघातिक आक्रमण, महासंघद्वारा निन्दा

सुर्खेतका पत्रकार सापकोटामाथि सांघातिक आक्रमण, महासंघद्वारा निन्दा

सांकेतिक तस्बिर


नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १५:५१, काठमाडौँ

सुर्खेतबाट सञ्चालित कर्णाली अनलाइनका कार्यकारी सम्पादक जगत सापकाटोमाथि अपरिचित व्यक्तिले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

महासंघ सुर्खेत शाखाका अनुसार कात्तिक ६ गते मंगलबार सञ्चारकर्म सकेर सुर्खेतस्थित जुम्लारोडमा रहेको मोक्ष होटलमा कफी खाइरहेको अवस्थामा पत्रकार सापकोटामाथि बिनाकारण सांघातिक आक्रमण भएको थियो। आक्रमणबाट टाउकोमा चोट लागी उपचाररत रहेका सापकोटाको टाउकोमा ६ टाँका लगाइएको शाखाले जनाएको छ।

‘कुनै पनि बहानामा पत्रकारमाथि यस प्रकारले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी काम हो’ महासंघले विज्ञप्तिमार्फत भनेको छ, ‘महासंघ आक्रमण गर्ने व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारलाई निर्भीकतापूर्वक काम गर्ने वातावरण निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad