कर्णाली


कांग्रेसका मन्त्रीहरूको राजीनामापछि मुख्यमन्त्री कँडेलले आफैंसँग राखे ४ मन्त्रालय

कांग्रेसका मन्त्रीहरूको राजीनामापछि मुख्यमन्त्री कँडेलले आफैंसँग राखे ४ मन्त्रालय

नेपालखबर
असार ३१, २०८३ बुधबार १६:१४, सुर्खेत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चार वटा मन्त्रालय आफैसँग राखेका छन्। बुधबार बिहान नेपाली कांग्रेसबाट कर्णाली सरकारमा सहभागी चार जना मन्त्रीले सामुहिक राजीनामा दिएका थिए। 

कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र उर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढाले राजीनामा बुझाएका थिए। 

यस्तै, मुख्यमन्त्री कँडेलले राजीनामा स्वीकृतपछि प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषद्को नियुक्ति, हेरफेर तथा कार्यविभाजनको पत्र पठाएका हुन्।

सिफारिसअनुसार मुख्यमन्त्री कँडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैसँग राखेका छन्।

यस्तै, एमालेबाट बनेका मन्त्रीहरुको जिम्मेवारी यथावत नै रहेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा शेरबहादुर बुढा र भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा गमता विक छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad