कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका-४ कालिकास्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही स्थानका २२ वर्षीय मोहन ठगुन्ना रहेका छन्। आइतबार दिउँसो महाकाली नदीमा नुहाउन गएका उनी अचानक नदीमा डुबेका थिए।
घटनापछि तत्काल स्थानीयवासीले उनको खोजी सुरु गरे पनि फेला नपरेपछि सूचना प्राप्त हुनासाथ देवीस्थान गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर महराको कमान्डमा १० जना सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी र स्थानीयको संयुक्त प्रयासमा उनलाई नदीबाट मृत अवस्थामा निकालिएको हो। घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ।
39
Shares

प्रतिक्रिया