कर्णाली


कर्णालीमा गाडी खस्दा बेपत्तामध्ये थप २ जनाको शव फेला, चालक दाजुभाइसहित बाँकीको खोजी जारी

कर्णालीमा गाडी खस्दा बेपत्तामध्ये थप २ जनाको शव फेला, चालक दाजुभाइसहित बाँकीको खोजी जारी

नेपालखबर
असार २६, २०८३ शुक्रबार १०:३३, काठमाडौँ

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ।

योसँगै दुर्घटनामा मृत्यु भई सनाखत भएकाको सङ्ख्या तीन पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेका छन्।

पहिचान खुल्नेमा यसअघि भिरमा शव फेला परेका कालिकोट पचाल झरना गाउँपालिका-९ का जेखे तिरुवा, सोही ठाउँका मेखे तिरुवा र कालिकोटकै रास्कोट नगरपालिका-२ की १८ वर्षीया सुजना खड्का छन्।

उनीहरूको ठेगाना र विवरण पहिचान भई आफन्तद्वारा सनाखत भइसकेको प्रहरी प्रमुख विकले जानकारी दिए।

सवारी चालक सुर्खेत पञ्चपुरी नगरपालिका-८ का तुलाराम सुवेदी र उनका सहोदर भाइ (सहचालक) रामु सुवेदीसहित अन्य यात्रुको अवस्था भने अझै अज्ञात छ।

बेपत्ता दुवै दाजुभाइका काका दिल्ली सुवेदीका अनुसार घरका मुख्य साहारा नै नदीमा डुबेकाले परिवार, आफन्त र छरछिमेक यतिबेला गहिरो शोकमा छन्।

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी यही असार १८ गते बिहान साढे ११ बजे सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो।

सशस्त्र प्रहरी बलको गोताखोर टोलीसहितको संयुक्त सुरक्षा निकायले नदी र आसपासका क्षेत्रमा बाँकी बेपत्ताको खोजी अझै जारी राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad