ad ad

कर्णाली


कर्णालीमा मनाइयो धान दिवस, प्रदेशभर ४७ प्रतिशत रोपाइँ (तस्बिरहरू)

कर्णालीमा मनाइयो धान दिवस, प्रदेशभर ४७ प्रतिशत रोपाइँ (तस्बिरहरू)

दिनेश बुढा
असार १५, २०८१ शनिबार १८:५५, सुर्खेत

कर्णाली प्रदेश सरकारले २१औँ राष्ट्रिय धान दिवस मनाएको छ। शनिबार एक कार्यक्रमबीच प्रदेश सरकाले ‘जलवायु मन्त्री कृषि, धान उत्पालनमा वृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाएको हो। 

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालालयको आयोजना र विभिन्न संघ संस्थाहरुको समन्वयमा सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डिचौरमा कार्यक्रम गरेर धान दिवस मनाइएको छ। 

धान दिवस कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले किसानहरुलाई व्यवसायी भएर कृषि कर्ममा लागेको खण्डमा कर्णालीमा धान बालीको उत्पादन बढ्ने दाबी गरे। 

उनले भने, ‘कर्णाली प्रदेशमा कुल ४१ हजार ९०४ हेक्टर जमिनबाट करिब एक लाख ४५ हजार ६३ मेक्टिटन धान उत्पादन हुँदै आएको छ। धान बालीको उत्पादन तथा उत्पादकत्व बृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडी बढेको छ। यस क्षेत्रको थप विकासका सहयोग पुर्‍याउँन किसानहरू व्यवसायी खेतीमा अग्रसर हुनुपर्छ।’ 

साथै मन्त्री शाहले कुल गार्हस्थ उत्पादानमा धान खेतीले महत्वपूर्ण योगदान गरेको बताउँदै धान बालीको विकास गनृ नितान्त आवश्यक रहेको र जसका लागि कृषिमा कार्यरत कर्मचाहरुलाई आम जनताले हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताए। 

यस्तै, मन्त्री शाहले नेपाल कृषि प्रदान देश भए पनि पछिल्लो ११ महिनामा मात्रै मकै, गहुँ, कोदो र धान गरेर ४३ अर्ब ८० करोड १९ लाख रुपैयाँ बराबारको खाद्यन्न आयत भएकाले आयतलाई रोक्न आम कर्णालीबासी खेतीमा अग्रसर हुनुपर्ने बताए। 

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार कर्णाली प्रदेशभर ४७ प्रतिशत धान रोपाई सकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .