ad ad

समाज


राति यी प्रदेशमा घनघोर वर्षाको सम्भावना

राति यी प्रदेशमा घनघोर वर्षाको सम्भावना

फाइल फाेटाे


नेपालखबर
असार १७, २०८१ सोमबार १८:४५, काठमाडौँ

हाल (सोमबार साँझ) देशभर मौसम साधारणतयादेखि पूर्णतया बदली (आकाशभरि बादल) छ।

अनि कोसी, मधेस र बागमती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महााशाखाका अनुसार राति पनि देशभर मौसम साधारणतयादेखि पूर्णतया बदली नै रहने छ। यस क्रममा कोसी, मधेस, बागमती प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

साथै राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ। अनि कोसी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षा पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मौसम महाशाखाले आगामी २४ घण्टा (सोमबार साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– कोसी, मधेस, बागमती प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षा हुनुलाई भारी वर्षा भनिन्छ। 

यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षा हुनुलाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्। 

यस्तै धेरै, थोरै तथा एक/दुई स्थान भन्नाले सम्बन्धित प्रदेशभरि जुनसुकै ठाउँमा वर्षा हुनसक्छ भन्ने बुझ्नुपर्छ। यही-यही ठाउँमा यस्तो वर्षा हुन्छ भनेर स्थान किटान गर्न नसकिने मौसमविद्को भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .