बजेटको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिस्कार गरेको छ।
बिहीबार बसेको कर्णाली प्रदेश सभाको बैठकमा बैठक सुरू भएको १ मिनेटमै प्रतिपक्षका दल कांग्रेसका सांसदहरु बैठक छोडेर बाहिरिएका थिए।
प्रदेशसभाको बैठक सुरू हुनुपूर्व राष्ट्रिय गानमा सरिक भएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सभामुख नन्दा गुरूङले बैठकको कामकारबाही अगाडि बढाएपछि बीचमै छोडेर बाहिरिएको हो।
कांग्रेसले बैठक बहिस्कार गरेपछि सभामुख गुरुङले अर्को बैठक असार १२ गते बुधबार दिउँसो ३ बस्ने गरि सभा स्थगित गरिन्।
18
Shares
प्रतिक्रिया