ad ad

राजनीति


बालुवाटार बैठकमा प्रचण्डलाई ओलीले भने– मार्गप्रशस्त गर्नुस्, नयाँ ढंगले जानुपर्ने भयो

बालुवाटार बैठकमा प्रचण्डलाई ओलीले भने– मार्गप्रशस्त गर्नुस्, नयाँ ढंगले जानुपर्ने भयो

नेपालखबर
असार १७, २०८१ सोमबार १७:३३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारबाट मार्गप्रशस्त गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गरेका छन्। 

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष ओलीले प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्। 

स्रोतले बताए अनुसार, भेटमा ओलीले राजनीतिक स्थायित्व र सरकारको प्रभावकारिताका लागि नयाँ ढंगले जानुपर्ने बताएका थिए। 

‘जनतामा व्याप्त निराशा चिर्न अहिलेकै परिस्थितिमा सम्भव नभएकाले नयाँ ढंगले जानुपर्ने बेला आएको छ,’ ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो। 

बालुवाटारमा ओलीले प्रधानमन्त्री प्रचण्डसँग तीन घन्टा बढी छलफल गरेका थिए। यो भेटलाई प्रधानमन्त्रीको सचिवालयले भने नियमित भेटघाट र सत्ता समीकरणमा कुनै फेरबदल नहुने रुपमा अर्थ्याएको छ। 

बालुवाटार बैठकबाट निस्कनेबित्तिकै ओलीले आफ्ना मन्त्रीहरूलाई तत्काल उपत्यका नछाड्न समेत निर्देशन दिएका छन्। 

स्रोतले दाबी गरे अनुसार, अहिले साँझ ६ बजे मन्त्रीहरू बालकोट पुग्दैछन्। जहाँ ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ। 

यसअघि गत शनिबार ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालकोटमा तीन घण्टा वार्ता गरेका थिए। 

सो भेटवार्तापछि राजनीति तरंगित भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .