ad ad

कला


चारदिनमा प्रभासको ‘कल्की २८९८ एडी’ ले कति कमायो?

चारदिनमा प्रभासको ‘कल्की २८९८ एडी’ ले कति कमायो?

नेपालखबर
असार १७, २०८१ सोमबार १३:६, काठमाडौँ

दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ ले आक्रामक व्यापार गरिरहेको छ। प्रभास स्टारर यस फिल्मले चारदिनमा विश्वव्यापीरुपमा ५०० करोड भारतीय रुपैयाँको आंकडा पार गरेको हो। 
 

जुन २८ मा रिलिज भएको यस फिल्मले भारतीय बक्सअफिसमा दबदबा कायमै राखेको छ। फिल्मले पहिले दिन ९५.३ करोडको ओपनिङ गरेको थियो। शुक्रबार ५७.६ करोड, शनिबार ६४.५ र आइतबार ८५ करोड भारु कमाएको उल्लेख छ। 

आइतबारसम्म घरेलु बक्सअफिसमा यस फिल्मले ३०२।४ करोड भारुको आंकडा पार गरेको हो। 

अन्तर्राष्ट्रिय रुपमा पनि यस फिल्मले निकै राम्रो व्यापार गरेको छ। विदेशी बजारमा अनुमानित ३५९.५ करोड भारु रुपैयां कमाएको बताइएको छ। 
प्रभाससहित यस फिल्ममा दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन मुख्य भूमिकामा छन्। विशेषगरि, अमिताभले निर्वाह गरिरहेको क्यारेक्टरको निकै चर्चा भइरहेको छ। 

नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको छ। सन् २०२० मा निर्माण घोषणा गरिएको यो फिल्म ६०० करोड भारतीय रुपैयाँमा बनेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .