ad ad

कर्णाली


कर्णालीमा ३ किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार

कर्णालीमा ३ किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार

नेपालखबर
असार ४, २०८१ मंगलबार १०:१२, सुर्खेत

कर्णाली प्रदेशमा तीन जना किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ।

भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालयले सोमबार कार्यक्रम आयोजना गरी सुर्खेतका तीन जना किसानलाई उक्त पुरस्कार दिएको हो। 

पुरस्कार पाएकाहरूमा वीरेन्द्रनगर नगरपालिकाका २ जना र गुर्भाकोट नगरपालिका १ जना जना किसान छन्।

भैँसी पालन र तरकारी खेती गरिरहेका गुर्भाकोट नगरपालिकाका गोविन्द ओलीलाई प्रथम पुरस्कार दिइयो। ओलीले गुर्भाकोट नगरपालिका- १३ मा दाजुभाइ कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरिरहेका छन्। ओलीलाई प्रमाणपत्र सँगै नगद ४० हजार दिएर सम्मान गरिएको हो। 

यस्तै, दुर्गा पशु कृषि तथा च्याउ फर्म सञ्चालन गरेर च्याउ खेतीमा संलग्न वीरेन्द्रनगर नगरपालिका-११ का इमानसिंह बस्नेतले दोस्रो पुरस्कार पाएका छन्।

उनलाई प्रदेश सरकारले ३० हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरेको हो। 

यस्तै वीरेन्द्रनगर नगरपालिका-३ मा श्याम कृषि फार्म सञ्चालन गरिरहेका श्याम पुरीले तेस्रो पुरस्कार पाए।

उनलाई कृषि विकास निर्देशनालयले २० हजार रुपैयाँसहित प्रमाणपत्र दिएको हो। 

पुरस्कार ग्रहण गर्दै किसान ओलीले सरकारले कृषकलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे। पुरस्कारले बिदेसिने युवालाई स्वदेशमै कृषि कर्म गर्न प्रोत्साहन पुग्ने उनले बताए। 

यस्तै कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले सुर्खेत जिल्ला पछिल्लो समय कृषि क्षेत्रमा आत्मनिर्भर हुँदै जाँदा कृषि खेतीमा युवाको आकर्षण बढ्दै गएको दाबी गरे। 

पुरस्कार वितरण कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले यो कार्यक्रम आगामी दिनमा कर्णालीका सबै किसानसमक्ष पुग्नेगरी आयोजना गर्नुपर्ने बताए। 

आम नागरिकको आधारभूत आवश्यकता पूर्ति गर्ने पहिलो माध्यम नै कृषि भएको उल्लेख गर्दै मन्त्री शाहले कृषिमा संलग्न किसानदेखि, अगुवा, प्राविधिक, कृषि विज्ञ, डाक्टर र कृषि मन्त्रालयले थप जाँगरिलो भएर काम गर्नुपर्ने बताए। 

यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सम्मानित तीनैजना किसानलाई बधाई दिँदै  नागरिकलाई कृषि क्षेत्रबाट स्वरोजगार बनाउन प्रदेश सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .