ad ad

कर्णाली


दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते, दुईको अवस्था गम्भीर

दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते, दुईको अवस्था गम्भीर

नेपालखबर
असार १४, २०८१ शुक्रबार १७:१, सुर्खेत

दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। शुक्रबार दिउँसो साढे २ बजेको समयमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेख सदरमुकामबाट नौमुलेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगरपालिका वडा नम्बर ५ धितामा दुर्घटनामा परेको हो।

उक्त जिप दुर्घटना हुँदा जिपमा सवार ९ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी डीएसपी सुनिल दाहले जानकारी दिए।

उनका अनुसार घाइते मध्ये ७ जनाको जल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ भने गम्भीर घाइते दुई जनालाई रिफर गर्ने तयारी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .