ग्लोबल


ट्रम्पले भने: ‘आई लभ प्राइम मिनिस्टर मोदी’

ट्रम्पले भने: ‘आई लभ प्राइम मिनिस्टर मोदी’

नेपालखबर
जेठ ११, २०८३ सोमबार ११:९, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै भारतले आफू र आफ्नो देशप्रति शतप्रतिशत विश्वास गर्ने दाबी गरेका छन्। 

अमेरिकाको २५०औँ स्वतन्त्रता दिवस मनाउन भारतको नयाँ दिल्लीमा आयोजित समारोहका क्रममा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले ट्रम्पलाई प्रत्यक्ष कलमार्फत जोडेका थिए।

फोनमा ट्रम्पले भने, ‘आई लभ प्राइम मिनिस्टर मोदी (म प्रधानमन्त्री मोदीलाई माया गर्छु)। उहाँ एकदम असल हुनुहुन्छ, उहाँ मेरा मित्र हुनुहुन्छ। म भन्न चाहन्छु- तपाईंहरू एकदम असल हुनुहुन्छ। भारत र अमेरिका कहिल्यै यति नजिक थिएनन्। भारतले मलाई र हाम्रो देशलाई १०० प्रतिशत विश्वास गर्न सक्छ।’

उनले अगाडि भने, ‘यदि कुनै बेला मद्दत चाहियो भने उहाँलाई थाहा छ कसलाई फोन गर्नुपर्छ। उहाँले यहाँ फोन गर्नुहुनेछ। हामी राम्रो गरिरहेका छौँ, हामी रेकर्ड बनाइरहेका छौँ। हाम्रो अर्थतन्त्र रेकर्ड स्तरमा छ, हाम्रो सेयर बजार रेकर्ड स्तरमा छ। म प्रधानमन्त्री मोदीको ठुलो प्रशंसक हुँ।’

यही मे २३ मा अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत आएर प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए।

यस क्रममा उनले राष्ट्रपति ट्रम्पका तर्फबाट मोदीलाई अमेरिका भ्रमणको निम्तो दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad