समाज


बस र ट्रकको ठक्करबाट स्कुटर र मोटरसाइकल चालकको मृत्यु

बस र ट्रकको ठक्करबाट स्कुटर र मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
जेठ ११, २०८३ सोमबार ११:२९, काठमाडौँ

मकवानपुर र धादिङमा बस र ट्रकको ठक्कर २ जनाको मृत्यु भएको छ। 

मकवानपुरगढी गाउँपालिका-२ सिखरकटेरीमा बा.प्र.०१-००६ ख ९६११ नम्बरको बसले ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो। 

दुर्घटनामा स्कुटर चालक मकवानपुरगढी गाउँपालिका-२ लामिडाँडा बस्ने ५५ वर्षीय दोर्जेरत्न हेमजनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको सीएमसी चुरेहिल अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी धादिङको थाक्रे गाउँपालिका-२ सिम्ले बजारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

ना.३ ख ४९५५ नम्बरको ट्रकले बा.प्र.०२-०३१ प ०५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गोरखाको गोरखा नगरपालिका-७ बस्ने २५ वर्षीय आदर्श श्रेष्ठको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad