ग्लोबल


कतारले अमेरिकाबाट २०० अर्ब डलरका १६० बोइङ विमान किन्ने

कतारले अमेरिकाबाट २०० अर्ब डलरका १६० बोइङ विमान किन्ने

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार २२:२५, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार एयरवेजले २०० अर्ब डलरभन्दा बढी मूल्यका १६० वटा बोइङ विमान खरिदका लागि कीर्तिमानी अर्डर दिएको बताएका छन्।

दुई देशबीच  एमक्यू-९बी ड्रोनको सम्झौता पनि भएको छ।

साथै दुई देशबीच सहकार्यसम्बन्धी संयुक्त घोषणापत्रमा पनि हस्ताक्षर भएको बीबीसीले जनाएको छ।

यसअघि ट्रम्प साउदी अरेबियाको भ्रमणमा थिए, जहाँ उनले अर्बौं डलरको सम्झौतामा पनि हस्ताक्षर गरेका छन्।

यसपछि कतार भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार त्यहाँका अमिर शेखसँग भेटवार्ता गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad