भारतीय राज्य छत्तीसगढ र तेलंगानाको सिमानामा अवस्थित विजापुरको करेगुट्टालु पहाडमा २४ दिनदेखि जारी अपरेसनमा सुरक्षा बलले ३१ माओवादी मारेको दाबी गरेको छ।
छत्तीसगढका प्रहरी महानिर्देशक अरुण देव गौतम र सीआरपीएफका महानिर्देशक जीपी सिंहले बुधबार पत्रकार सम्मेलनमा उक्त पहाडमा संदिग्ध माओवादीहरूले राखेका ४५० वटा आईईडी र अत्याधुनिक हतियार बनाउने ४ वटा कारखाना पनि सुरक्षा बलले ध्वस्त पारेको दाबी गरे।
प्रहरीले बताएअनुसार करेगुट्टालु पहाड लगभग ६० किलोमिटर लामो र पाँच किलोमिटरदेखि २० किलोमिटर चौडा पहाडी क्षेत्र हो। जुन ३००-३५० सशस्त्र माओवादी लुक्ने ठाउँ हो।
पत्रकार सम्मेलनमा अधिकारीहरूले २१ अप्रिलदेखि ११ मे सम्म करेगुट्टालु पहाडमा माओवादीहरूसँग मुठभेडका २१ घटना भएको बताए।
669
Shares

प्रतिक्रिया