ग्लोबल


शक्तिशाली आँधी ‘बावी’का कारण फिलिपिन्समा कम्तीमा १५ जनाको मृत्यु

ताइवानतिर अघि बढेपछि १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो
शक्तिशाली आँधी ‘बावी’का कारण फिलिपिन्समा कम्तीमा १५ जनाको मृत्यु

नेपालखबर
असार २७, २०८३ शनिबार १२:२, काठमाडौँ

दशकौँयताकै शक्तिशाली आँधी ‘बावी’का कारण फिलिपिन्समा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

यस विनाशकारी आँधीको असरका कारण पूर्वी एसियाका धेरै देशमा सतर्कता अपनाइएको छ।

झन्डै फ्रान्सजत्रै आकारको आँधी ‘बावी’ प्रशान्त महासागर पार गर्दै ताइवानतिर सर्दै छ।

जसको त्रासले ताइवान सरकारले पहाडी क्षेत्रबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ। 

रोयटर्सका अनुसार जापानका अधिकारीहरूले मानिसहरूलाई बाढी र पहिरोबाट सतर्क रहन चेतावनी दिएका छन्।

‘बावी’ शनिबार जापानको दक्षिणी साकिसिमा टापुमा बज्रिएको छ। जसका कारण त्यहाँ भारी वर्षा र तीव्र हुरी चलेको छ। त्यसपछि यो आँधी ताइवानतिर लागेको छ। 

यो शनिबार दक्षिणपूर्वी चीनको तटमा जमिनमा ठोक्किने अनुमान गरिएको छ।

यस महिनाको सुरुमा यो शक्तिशाली आँधी उत्तरी प्रशान्त महासागरस्थित अमेरिकाको मारियाना टापु र गुआम हुँदै गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad