उत्तर कोरियाले आफ्नो आणविक क्षमता ‘गुणात्मक र संख्यात्मक दुवै रूपमा’ बलियो बनाउने घोषणा गरेको छ।
साथै दक्षिण कोरियासँग सम्बन्धित गतिविधि निगरानी गर्ने आफ्नो सैन्य गुप्तचर निकायको भूमिका विस्तार गरिने पनि उत्तर कोरियाले जनाएको छ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम सेन्ट्रल न्युज एजेन्सीले बिहीबार सत्तारुढ दलको केन्द्रीय सैन्य आयोगको बैठकमा पनि यो मुद्दामा छलफल भएको उल्लेख गरेको छ।
आणविक कार्यक्रमका विषयमा उत्तर कोरियाविरुद्ध व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध लागु छ।
१९५० देखि १९५३ सम्म भएको कोरियाली युद्ध शान्ति सन्धि बिना नै अन्त्य गरिएको थियो, त्यसैले उत्तर र दक्षिण कोरिया कानुनी रूपमा अझै पनि युद्धमा छन्।
कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ अनुसन्धानकर्ता होङ मिनले भनेका छन्, ‘उत्तर कोरियाको कदमले प्योङयाङले अब दक्षिण कोरियालाई पहिलेभन्दा बढी शत्रु देशका रूपमा हेरेको देखाउँछ।’
Shares

प्रतिक्रिया