ग्लोबल


इरानका नयाँ सर्वोच्च नेता मोज्तबा पहिलोपटक शनिबार सार्वजनिक हुने सम्भावना

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा पहिलोपटक शनिबार सार्वजनिक हुने सम्भावना

नेपालखबर
असार २६, २०८३ शुक्रबार १५:३७, काठमाडौँ

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी शनिबार पहिलोपटक सार्वजनिक रूपमा देखापर्ने अपेक्षा गरिएको छ।

इरानको समाचार एजेन्सी तस्निमका अनुसार उनले आफ्ना बुबा एवं पूर्वसर्वोच्च नेता अली खामेनीका लागि कोमस्थित हजरत मासुमेह दरबारमा शनिबार आयोजना गरिने शोकसभाको नेतृत्व गर्नेछन्।

अली खामेनीलाई शुक्रबार मसहदको इमाम रेजा दरबारमा अन्त्येष्टि गरिएको थियो। यसको भोलिपल्ट शनिबार कोममा शोकसभा आयोजना गर्न लागिएको हो। 

युद्ध सुरु भएदेखि कुनै पनि सार्वजनिक कार्यक्रममा देखा नपरेकाले मोज्तबाको सार्वजनिक उपस्थितिको लामो समयदेखि अनुमान गरिएको छ।

अमेरिका-इजरायलले गत फेब्रुअरी २८ मा इरानमा गरेको संयुक्त हवाई हमलामा तत्कालीन सर्वोच्च नेता अलि खामेनी मारिएपछि उनका छोरा मोज्तबा मार्च ९ मा नयाँ सर्वोच्च नेता बनेका थिए। त्यसयता उनी सार्वजनिक रूपमा देखापरेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad