ग्लोबल


पाकिस्तानसँग युद्धविरामपछि पनि भारतीय वायु सेना भन्छ: ‘अपरेसन सिन्दूर’ अझै जारी छ

पाकिस्तानसँग युद्धविरामपछि पनि भारतीय वायु सेना भन्छ: ‘अपरेसन सिन्दूर’ अझै जारी छ

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १३:५६, काठमाडौँ

भारतीय वायु सेना (आईएएफ) ले पाकिस्तानविरुद्धको 'अपरेसन सिन्दूर' जारी रहेको बताएको छ। 

भारत र पाकिस्तानबीच युद्धविराम सहमति भएको भोलिपल्ट आइतबार (मे ११) सूचना जारी गरी आईएएफले अपरेसन अझै जारी रहेको जनाएको हो। 

शनिबार साँझ मात्र भारत र पाकिस्तानले एकअर्काविरुद्ध कारबाही नगर्ने सहमति गर्दै युद्धविराम सम्झौता गरेका थिए।  

सूचनामा भनिएको छ, ‘भारतीय वायु सेना (आईएएफ) ले अपरेसन सिन्दूरमा तोकिएका कार्य सटिक र व्यावसायिक ढंगले सफलतापूर्वक सम्पन्न गरेको छ। यी कार्य राष्ट्रिय उद्देश्यअनुरूप सोचविचार र विवेकपूर्ण रूपमा गरिएका थिए। अपरेसन अझै जारी रहेकाले विस्तृत जानकारी उचित समयमा दिइनेछ। आईएएफ सबैलाई अनुमान र अप्रमाणित जानकारीको प्रसारबाट बच्न अपिल गर्दछ।’

 

जम्मु-कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंककारी हमलामा २६ जनाको ज्यान गएपछि भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ नाम दिएर सैन्य कारबाही थालेको थियो। त्यसपछि पाकिस्तानले पनि शनिबार (मे १०) भारतविरुद्ध ‘अपरेसन बुन्यान-अन-मार्सुस’ घोषणा गरेको थियो।

तर अमेरिकालगायत देशको मध्यस्थतामा त्यही दिन साँझ भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएको भनिएको थियो। यद्यपि यो टिक्नेमा कतिपयले शंका पनि गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad