ग्लोबल


कति टिक्ला भारत–पाकिस्तान युद्धविराम?

कति टिक्ला भारत–पाकिस्तान युद्धविराम?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफ


नेपालखबर
बैशाख २८, २०८२ आइतबार ९:४७, काठमाडौँ

भारत र पाकिस्तान युद्धविराममा सहमत भएका छन्। दुवै देशले यसको पुष्टि गरिसकेका छन्। दुवै देशले एकअर्का विरुद्ध सैन्य कारबाही रोक्न सहमति जनाएका छन्। अमेरिकाले यो युद्धविराममा मध्यस्थता गरेको दाबी गरेको छ।

भारतीय समयअनुसार शनिबार दिउँसो ३:३० बजे भारत र पाकिस्तानका डीजीएमओहरूबीच वार्ता भयो र दुई घण्टाभित्र युद्धविराम लागु भयो। तर दुई देशले कुन सर्तमा सहमति जनाए भन्नेबारे अझै धेरै जानकारी छैन।

मनोहर पर्रिकर इन्स्टिच्युट अफ डिफेन्स स्टडिजकी रक्षा विज्ञ तथा अनुसन्धान फेलो स्मृति पटनायकका अनुसार यो युद्धविराम कायम रहनेछ तर यो कुन मुद्दामा सहमति भएको छ भन्ने कुरामा बढी निर्भर हुनेछ।

बीबीसी हिन्दीसँग उनले भनेकी छन्, ‘यदि पाकिस्तान पछि हटेको भए भारतलाई पनि त्यसो गर्न कुनै समस्या भएन। यो युद्धविराम कुन अवस्थामा भएको हो भन्ने बारेमा अझै धेरै जानकारी छैन। तर यसले दुवै देशलाई कसरी अगाडि बढ्ने भन्नेबारे  सोच्ने अवसर दिनेछ।’

उनका अनुसार मे १२ मा थप वार्ता हुँदा स्थिति अझ स्पष्ट हुनेछ।

उनी भन्छिन्, ‘भारतले आतंकवादविरुद्धको आफ्नो कडा अडानमा सम्झौता गर्नेछैन। दुवै देश आक्रामक बन्दै गएका थिए र अन्तर्राष्ट्रिय समुदायमा चिन्ता थियो। भारत र पाकिस्तान दुवैलाई थाहा थियो कि अगाडि बढ्नु उनीहरूको हितमा छैन। भारतले पहिले नै स्पष्ट गरिसकेको थियो कि यदि पाकिस्तानले तनाव कम गर्छ भने भारत पनि अगाडि बढ्ने छैन।’

त्यसो त युद्धविराम घोषणा गरिएको केही घण्टामै पाकिस्तानले सम्झौता उल्लंघन गर्दै गोलाबारी सुरु गरेको आरोप पनि लागिरहेको छ। तर पाकिस्तानले यसलाई अस्वीकार गरेको छ। साथै पाकिस्तानले युद्धविरामलाई आफ्नो ‘ऐतिहासिक विजय’ पनि भनेको छ। 

युद्धविराम भए पनि पाकिस्तान-भारत सीमाका कतिपय क्षेत्रमा अझै त्रास रहेका समाचार आइरहेका छन्। 

यसैबीच पन्जाबको अमृतसर जिल्ला अझै  ‘रेड अलर्ट’मा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad