झापामा एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
कनकाई नगरपालिका- २ सुकेडागी निवासी ३५ वर्षीय कविराज हेमरनले गएराति श्रीमती ३४ वर्षीया पूजाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिप्रका झापाका इन्सपेक्टर प्रवीण श्रेष्ठका अनुसार घटना लगत्तै पुगेको इलाका प्रहरी कार्यालय सुरुंगाको टोलीले कविराजलाई पक्राउ गरेको छ।
‘पत्नीको हत्यापछि फरार भएका उनलाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो,’ इन्सपेक्टर श्रेष्ठले नेपालखबरसँग भने, ‘हामी अहिले घटनाको थप अनुसन्धानकै क्रममा छौँ।’
घरायसी विवादमा उनले पत्नीको घाँटीमा खुकुरी प्रहार गर्दा घटनास्थलमै पूजाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पूजाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको छ। प्रहरीले पतिपत्नीबीचको विवादको कारण भने खुलाएको छैन।
Shares

प्रतिक्रिया