ग्लोबल


सोनम वाङचुकले २६ दिनपछि तोडे अनशन

सोनम वाङचुकले २६ दिनपछि तोडे अनशन

नेपालखबर
साउन ८, २०८३ शुक्रबार ५:५९, काठमाडौँ

भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि बिहीबार अनशन तोडेका छन्। 

उनले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा पोस्ट गर्दै केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र डा. जितेन्द्र सिंह साथै लेह-लद्दाख सर्वोच्च निकायका वरिष्ठ नेताहरूको उपस्थितिमा आफ्नो अनशन तोडेको जानकारी गराएका छन्। 

वाङचुकले लेखेका छन्, ‘पहिले विभिन्न राजनीतिक दलका ६५ सांसदले मलाई अनशन तोड्न अनुरोध गर्दै पत्र लेखेका थिए।’

उनले यो निर्णय लामो छलफलपछि र देशमा हिंसाको सम्भावनालाई ध्यानमा राखेर गरिएको उल्लेख गरेका छन्। 

वाङचुकले थप लेखेका छन्, ‘म यस विषयमा चाँडै छुट्टै भिडिओमा विस्तृत रूपमा बताउनेछु। यसैबिच म तपाईंहरू सबैलाई सतर्क रहन र कतै पनि हिंसा हुन नदिन आग्रह गर्दछु।’

एनईईटी-यूजी पेपर लिकविरुद्ध भारतका विद्यार्थीहरूले एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागिरहेका छन्।

सोनम वाङचुक पनि त्यसमा समर्थन जनाउँदै अनशनमा बसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad