२७ जनाको ज्यान जाने गरी आतंकवादी हमलापछि जम्मु-कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा यतिबेला सन्नाटा छाएको छ।
चराहरूको चिरबिर र पर्यटकहरूको चहलपहलले गुञ्जिरहने पहलगाम बुधबार सुनसान देखिएको हो।

मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको आतंकवादी आक्रमणमा एक नेपालीसमेत कम्तीमा २७ जना मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कश्मीरको सबैभन्दा सुन्दर पर्यटकीय स्थल पहलगाममा मंगलबार भएको बर्बर आक्रमणका कारण अहिले उक्त क्षेत्रमा आतंक फैलिएको छ।

पहलगाममा भएको आतंकवादी हमलापछि सुरक्षा बलले अपरेसन सुरु गरेपछि बैसरन उपत्यकाको दृश्य फरक देखिएको छ।
केटाकेटीका चप्पल, आधा खोलिएका टिफिन बक्स, छरिएका पर्स र रगतका दाग... अवस्था भयावह छ।
पर्यटकका झोलाहरू रुखमुनि छन्। हिजोसम्म मानिसहरू चढ्ने घोडाहरू पनि डरले भागिरहेका छन्।

नेपालले पनि उक्त आतंकवादी हमलाको कडा शब्दमा निन्दा गर्दै भारतप्रति ऐक्यबद्धता जनाएको छ।
जम्मु-कश्मीरमा भएको आतंकवादी हमलापछि भारतको राजधानी दिल्लीमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।
Shares

प्रतिक्रिया