ग्लोबल


नेपालले भन्यो: जम्मु-कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गर्छौँ

नेपालले भन्यो: जम्मु-कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गर्छौँ

जम्मु-कश्मीरमा हमलाका क्षण आत्तिएका मानिस


नेपालखबर
बैशाख १०, २०८२ बुधबार ८:५२, काठमाडौँ

नेपालले जम्मु-कश्मीरमा एक नेपालीसमेत कम्तीमा २७ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलाको निन्दा गरेको छ।

परराष्ट्र मन्त्रालयले बुधबार बिहान विज्ञप्ति जारी गरी जम्मु-कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणको विरोध गर्दै भारत र भारतीय जनताप्रति ऐक्यबद्धता जनाएको हो।  

‘निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको नेपालले स्पष्ट रूपमा निन्दा गर्दछ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘हामी शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ र घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको लागि हार्दिक कामना गर्दछौँ।’ 

अगाडि भनिएको छ, ‘नेपाल यस दुःखको समयमा भारत सरकार र जनतासँग दृढ ऐक्यबद्धतामा उभिएको छ। हाम्रो दृढ र सैद्धान्तिक अडानअनुरूप नेपालले सबै प्रकारका आतंकवादको निन्दा गर्दछ र आतंकवादका यस्ता जघन्य अपराधलाई कुनै पनि आधारमा उचित ठहराउन सकिँदैन।’

भारतीय सञ्चारमाध्यमले उक्त हमलामा सुदीप न्यौपाने नामका नेपाली मारिएको उल्लेख गरे पनि परराष्ट्र मन्त्रालयले भने आफ्नो विज्ञप्तिमा यसबारे केही भनेको छैन। 

जम्मु-कश्मीरमा आतंकवादी हमला भएपछि भारतको राजधानी दिल्लीमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएईको भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad