ओमानको खाडीमा एमटी सेटेबेलो जहाजमा आक्रमण हुँदा मारिएका २ भारतीयको शव भारत ल्याइएको छ।
मस्कटस्थित भारतीय दूतावासका अनुसार हमलामा मारिएका आदित्य शर्मा र शिवानन्द चौरसियाको शव भारत फिर्ता गरिएको हो।
भारतीय दूतावासले एक्समा लेखेको छ, ‘यस कठिन समयमा उनीहरूको परिवारप्रति हाम्रो गहिरो समवेदना छ।’
करिब एक हप्ताअघि ओमानको खाडीमा एमटी सेटेबेलो जहाजमा अमेरिकाले गरेको आक्रमणमा तीन भारतीय नाविक मारिएका थिए।
उनीहरू उत्तर प्रदेशको देवरियाका निवासी शिवानन्द चौरसिया, हिमाचल प्रदेशको हमिरपुर जिल्ला निवासी आदित्य शर्मा र आन्ध्र प्रदेशको विशाखापट्टनम निवासी पटनाला सुरेश थिए।
जहाजमा भारतीय चालक दलका २४ सदस्य थिए, जसमध्ये २१ जनालाई उद्धार गरिएको थियो।
शिवानन्द जहाजमा इन्जिन फिटर थिए भने आदित्य डेक क्याडेट र सुरेश प्रमुख इन्जिनियर थिए।
Shares

प्रतिक्रिया