ग्लोबल


अहिले इरानसँग भएको सम्झौता ओबामा कार्यकालमा भएभन्दा विपरीत छ: जेडी भान्स

अहिले इरानसँग भएको सम्झौता ओबामा कार्यकालमा भएभन्दा विपरीत छ: जेडी भान्स

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स


नेपालखबर
असार ३, २०८३ बुधबार १५:३२, काठमाडौँ

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानले आफ्नो जिम्मेवारी पूरा गरेमा विश्व अर्थतन्त्रमा फर्कने बाटो खोल्न आफ्नो देश तयार रहेको बताएका छन्।

फक्स न्युजको एक कार्यक्रममा उपराष्ट्रपति भान्सले ट्रम्प प्रशासनले इरानसँग गरेको शान्ति सम्झौतालाई बाराक ओबामाको कार्यकालमा भएको तुलना गरे।

उनले भने, ‘ओबामाको कार्यकालमा इरानसँग भएको सम्झौता नराम्ररी असफल भयो र यो सम्झौता त्यो भन्दा पूर्णतया विपरीत छ।’

उनले थपे, ‘ओबामा युगको सम्झौता र अहिलेको सम्झौताबिचको भिन्नता के हो भने हालको  सहमतिअन्तर्गत उनीहरू (इरान) ले आणविक हतियार विकास गर्न पाउँदैनन्, युरेनियमलाई पूर्ण रूपमा समृद्ध गर्न पाउँदैनन्, न  यसलाई भण्डारण गर्न पाउँछन्।’

भान्सका अनुसार सम्झौताअन्तर्गत इरानले आणविक हतियार राख्न पाउँदैन, हर्मुज स्ट्रेट खुला रहनेछ र इरानले राम्रो व्यवहार गरेमा उसले अने लाभ पाउँछ। अन्यथा केही पनि पाउँदैन। 

जेडी भान्सले शुक्रबार स्विट्जरल्यान्डमा इरानसँग युद्ध अन्त्य गर्न सम्झौतामा हस्ताक्षर हुने पनि दाबी गरेका छन्।

भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारसम्म वा यसभन्दा अघि नै सम्झौताका पूर्ण सर्त सार्वजनिक गर्ने वाचा गरेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad