राजनीति


एमाले वीरगन्ज महानगरको अध्यक्षमा शर्मा

एमाले वीरगन्ज महानगरको अध्यक्षमा शर्मा

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १०:७, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) वीरगन्ज नगर कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन्।

मंगलबार राति सार्वजनिक भएको मत परिणामअनुसार कमिटीको उपाध्यक्षमा रामकिशोरसिंह पराग, सचिवमा लियाकत अली, उपसचिव (खुला)मा जयनारायणसिंह कुर्मी, उपसचिव (महिला)मा विमला श्रीवास्तव, लेखा समिति अध्यक्षमा अजयकुमार साह र सचिवमा राघव पटेल निर्वाचित भएका छन्।

यसैगरी, खुला सदस्यमा सतेन्द्रकुमार सिंह, युवा सदस्यमा देवकुमार सर्राफ र महिला सदस्यमा सीतामैया श्रेष्ठ निर्वाचित भएका छन्। एमाले वीरगञ्ज महानगर कमिटीको नेतृत्व चयनका लागि गत चैत ३० गते उम्मेदवारी दर्ता भएको थियो। 

हनुमान् जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएपछि निर्वाचन कार्यक्रम रोकिएको थियो। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad