ग्लोबल


बलात्कार कसुरमा पास्टर सिंहलाई आजीवन कारावासको फैसला

बलात्कार कसुरमा पास्टर सिंहलाई आजीवन कारावासको फैसला

फाइल तस्बिर: पास्टर बजिन्दर सिंह


नेपालखबर
चैत १९, २०८१ मंगलबार १३:३४, काठमाडौँ

भारत जालन्धरको 'द चर्च अफ ग्लोरी एन्ड विजडम'का संस्थापक पास्टर बजिन्दर सिंहलाई बलात्कार मुद्दामा मोहाली अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।

सो मुद्दामा मार्च २८ मा पास्टर सिंहलाई दोषी ठहर गरेको अदालतले आज (अप्रिल १) सजाय सुनाएको हो। 

सन् २०१८ मा जिरकपुरकी एक महिलाले बजिन्दर सिंहसहित ६ जनाविरुद्ध जाहेरी दर्ता गराएकी थिइन्।

तर मार्च २८ मा मुद्दा सुनुवाइका क्रममा अदालतले सिंहबाहेक बाँकी ५ अभियुक्तलाई भने सफाइ दियो। 

स्टर बजिन्दरलाई जुलाई २०१८ देखि जेलमा थिए। उनलाई त्यसबेला दिल्ली एयरपोर्टमा लन्डनको उडानमा चढ्ने प्रयास गर्दा पक्राउ गरिएको थियो।

पीडित महिलाले अदालतको फैसलाप्रति सन्तुष्टि व्यक्त गरेकी छन्।

बजिन्दर सिंहलाई आजीवन कारावासको सजाय सुनाएप  महिलाले भनिन्, ‘म ७ वर्षदेखि न्यायका लागि अदालत र प्रहरी कार्यालय धाइरहेकी थिएँ, आजको सुनुवाइपछि म धेरै खुसी छु।’

उनले न्यायाधीश र आफ्ना वकिललाई धन्यवाद पनि दिइन्। 

ती महिलाले बजिन्दर सिंहले धर्मका नाममा मानिसहरूलाई मूर्ख बनाएको बताइन्।

यसैबीच महिलाले डीजीपीसँग सुरक्षाको माग पनि गरेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad