ग्लोबल


दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाभियोग प्रस्ताव, संसद्‌बाहिर हजारौँको भीड

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाभियोग प्रस्ताव, संसद्‌बाहिर हजारौँको भीड

प्रदर्शनकारीहरूले युन सुक-योलको राजीनामा माग गरिरहेका छन्।


नेपालखबर
मंसिर २९, २०८१ शनिबार ११:३२, काठमाडौँ

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाभियोग प्रस्तावमा सांसदहरूले शनिबार संसद्‌मा फेरि मतदान गर्दै छन्। 

बीबीसीका अनुसार अहिले संसद्‌बाहिर हजारौँको भीड लागेको छ।

विपक्षी दलहरूले युन सुक योललाई राष्ट्रपति पदबाट नहटाएसम्म प्रत्येक शनिबार महाभियोग प्रस्ताव ल्याउने बताएका छन्। 

महाभियोग प्रस्तावको समर्थनमा विपक्षी दललाई सत्तारुढ दलका आठ सांसदको मत आवश्यक छ। यसअघि सत्ता पक्षका सबै सांसदले साथ नदिँदा महाभियोग प्रस्ताव पास हुन सकेको थिएन। 

युन सुक–योलले उत्तर कोरिया र राष्ट्रविरोधी शक्तिको खतरा रहेको दाबी गर्दै केही दिनअघि देशमा मार्सल ल लागू गर्ने घोषणा गरेका थिए।

फाइल तस्बिर : दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल

तर संसद्‌मा व्यापक विरोध भएपछि त्यसको ६ घण्टा नबित्दै उनी आफ्नो घोषणा फिर्ता लिन बाध्य भएका थिए। 

सोही कारण उनलाई हटाउन विपक्षीहरूले महाभियोग प्रस्ताव ल्याएका हुन्।

राष्ट्रपति युन सुक योलले भने आफूविरुद्ध छानबिन भए पनि वा महाभियोग लगाइए पनि अन्तिमसम्म लडिरहने जिकिर गरिरहेका छन्। 

यसबीच दक्षिण कोरियाली प्रहरीले राष्ट्रपतिको कार्यालयमा छापासमेत मारिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad