ग्लोबल


दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

फाइल तस्बिर: दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल


नेपालखबर
मंसिर २६, २०८१ बुधबार १०:१६, काठमाडौँ

दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक योलको कार्यालय र प्रहरी मुख्यालयमा बुधबार छापा मारेको छ।

दक्षिण कोरियाको योनहाप समाचार संस्थाले यो जानकारी दिएको हो। 

सियोल महानगरीय प्रहरी र राष्ट्रिय सभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको प्रहरीले जनाएको छ।

बीबीसीका अनुसार यो प्रहरी कारबाही राष्ट्रपति युन सुक योलले मार्सल ल (सैनिक कानुन) लागू गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा हो।

योनहापको रिपोर्टअनुसार छापा मार्दा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन्।

गत हप्ता मंगलबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले देशमा मार्सल ल घोषणा गरेका थिए। 

तर, चर्को विरोधपछि उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए।

युनको यो कदमपछि दक्षिण कोरियामा उनको ठूलो विरोध भइरहेको छ र उनीविरुद्ध अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad