ग्लोबल


मविरुद्ध छानबिन होस् वा महाभियोग लगाइयोस्, अन्तिमसम्म लड्छु: दक्षिण कोरियाली राष्ट्रपति

मविरुद्ध छानबिन होस् वा महाभियोग लगाइयोस्, अन्तिमसम्म लड्छु: दक्षिण कोरियाली राष्ट्रपति

फाइल तस्बिर: दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योल


नेपालखबर
मंसिर २७, २०८१ बिहिबार ९:७, काठमाडौँ

देशमा मार्सल ल अर्थात् सैन्य शासन लागू गर्न असफल दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले आफू ‘अन्तिमसम्म लडिरहने’ बताएका छन्।

युनले बिहीबार टेलिभिजन सम्बोधन गर्दै गत हप्ता अचानक मार्सल ल घोषणा गर्ने आफ्नो निर्णयको बचाउ गरे।

उनले आफ्नो प्रयास लोकतन्त्रको पतन र प्रतिपक्षको "संसदीय तानाशाही" रोक्न सैन्य शासन लागू गर्ने निर्णय गरेको जिकिर गरे।

राष्ट्रपति युनको राजीनामा वा महाभियोगको माग लगातार बढिरहेका बेला उनले भने पद नछाड्ने संकेत गरिरहेका छन्।

उनले भने, ‘ममाथि छानबिन होस् वा महाभियोग लगाइयोस्, म अडिग रहनेछु, म अन्तिमसम्म लड्नेछु।’

गत हप्ता मंगलबार साँझ दक्षिण कोरियाका राष्ट्रपति युनले देशमा अचानक मार्सल ल लागू भएको घोषणा गरेका थिए। 

तर, चर्को विरोध भएपछि त्यसको ६ घण्टा पनि नबित्दै आफ्नो निर्णय फिर्ता लिन उनी बाध्य भएका थिए।

जसका कारण दक्षिण कोरियामा उनको व्यापक विरोध र अनुसन्धान भइरहेको छ।

यस क्रममा प्रहरीले बुधबार राष्ट्रपतिको कार्यालय र प्रहरी प्रधान कार्यालयमा छापा पनि मारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad