ad ad

ग्लोबल


हमास–इजरायल युद्ध आज छैटौँ दिनसम्म जारी, २४ सय जनाको ज्यान गइसक्यो

हमास–इजरायल युद्ध आज छैटौँ दिनसम्म जारी, २४ सय जनाको ज्यान गइसक्यो

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०८० बिहिबार ९:५०, काठमाडौँ

प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायलबीच आज छैटौँ दिनसम्म युद्ध जारी छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुवै पक्षले एकअर्काविरुद्ध आक्रमण गरिरहेकै छन्। गत शनिबार बिहान हमासले अप्रत्याशित रूपमा हमला गरेपछि इजरायल पनि प्रत्याक्रमणमा उत्रिएको हो। 

दुई पक्षबीचको जारी भिडन्तमा अहिलेसम्म  २४ सयभन्दा बढी जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

हमासको हमलाबाट इजरायलमा १२०० जनाको मृत्यु भएको छ भने गाजा पट्टीमा इजरायली वायुसेनाको गोलाबारीमा १२०० सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा ठूलो संख्यामा महिला र बालबालिका छन्।

हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थी पनि मारिएका छन्। 

यसैबीच इजरायलका प्रधानमन्त्री नेतन्याहुले आफ्नो सेनाले हमासको नामनिशानै  मेटाउने चेतावनी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .