ad ad

राजनीति


चीनको मध्यस्थतामा मिलेका इरान र साउदीबीच इजरायल–गाजा द्वन्द्वबारे कुराकानी

चीनको मध्यस्थतामा मिलेका इरान र साउदीबीच इजरायल–गाजा द्वन्द्वबारे कुराकानी

नेपालखबर
असोज २५, २०८० बिहिबार ९:२१, काठमाडौँ

इजरायल–गाजा द्वन्द्वका विषयमा इरानका राष्ट्रपति इब्राहिम रायसी र साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानबीच बुधबार फोनमा कुराकानी भएको छ।

इरान र साउदी अरेबियाको सरकारी मिडियाले उक्त जानकारी दिएका हुन्। 

सात वर्षदेखि दुई देशबीच कूटनीतिक सम्बन्ध थिएन तर चीनको मध्यस्थतामा यही वर्षको मार्चमा उनीहरूबीच पुनः सम्बन्ध सुरु भएको थियो। त्यसपछि इरान र साउदी अरबका नेताहरूबीच अहिले पहिलोपटक फोनवार्ता भएको हो। 

इरानी मिडियाको रिपोर्टअनुसार रायसी र युवराजबीच ‘प्यालेस्टाइनविरुद्ध युद्ध अपराध अन्त्य गर्ने आवश्यकता’बारे छलफल भएको हो। 

साउदी अरेबियाको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साउदी अरेबियाका युवराजले राज्यले वर्तमान तनाव रोक्न सबै अन्तर्राष्ट्रिय र क्षेत्रीय पक्षसँग वार्ताका लागि हरसम्भव प्रयास गरिरहेको बताएका छन्।

‘उनले अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्नुपर्ने आवश्यकतामा जोड दिए र गाजामा गम्भीर मानवीय संकट र नागरिकमा यसको प्रभावप्रति गहिरो चिन्ता व्यक्त गरे।’

उक्त कुराकानीमा युवराजले प्यालेस्टिनी जनताको अधिकार सुनिश्चित गर्न व्यापक र निष्पक्ष प्रयासलाई साउदी अरबले समर्थन गर्ने बताए।

इरान र साउदी अरेबियाबीचको यो वार्ता किन महत्त्वपूर्ण छ, किनभने यस वर्षको सुरुसम्म मध्यपूर्वका यी दुई देश आपसका कडा प्रतिद्वन्द्वी थिए, उनीहरुबीच कूटनीतिक सम्बन्ध पनि थिएन तर मार्चमा दुवै देशले मित्रताको हात अगाडि बढाएका थिए।

चीनको मध्यस्थतामा साउदी अरेबिया र इरानले कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने अनपेक्षित घोषणा गरेका हुन्। 

सन् २०१६ मा एक शिया धर्मगुरुलाई फाँसी दिएपछि इरान र साउदी अरबबीचको सम्बन्ध चिसिएको थियो। त्यसयता सुन्नी बहुल साउदी अरब र शिया बहुल इरानबीच ठूलो तनाव थियो। तर, यो वर्ष दुई देशबीचको सम्बन्धमा सुधार आएको छ।

सम्बन्धित खबर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .