ग्लोबल


कतारका पूर्वराजा शेख हमद बिन खलिफा अल थानीको निधन

कतारका पूर्वराजा शेख हमद बिन खलिफा अल थानीको निधन

नेपालखबर
असार २८, २०८३ आइतबार १९:२७, काठमाडौँ

कतारका पूर्वअमिर (राजा) शेख हमद बिन खलिफा अल थानीको निधन भएको छ।

कतार सरकारका अनुसार आइतबार बिहान ७४ वर्षको उमेरमा उनको निधन भएको हो। 

शेख हमद बिन खलिफा अल थानी १९९५ देखि २०१३ सम्म कतारको अमिर थिए।

बीबीसी फारसीका अनुसार शेख हमद बिन खलिफा अल थानीलाई आधुनिक कतार निर्माण गर्ने प्रमुख व्यक्तिमध्ये एक मानिन्छ। उनको शासनकालमा देशले द्रुत आर्थिक वृद्धि गरेको थियो। 

उनको कार्यकालमा १९९६ मा उनकै आदेशमा अल जजिरा अन्तर्राष्ट्रिय नेटवर्क सुरु गरिएको थियो।

२०१३ मा उनले आफ्ना छोरा शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गरेका थिए। 

हाल शेख तमिम बिन हमद अल थानी कतारका अमिर छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad