गण्डकी


मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानमा सहभागी हुन प्रचण्ड लमजुङमा

मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानमा सहभागी हुन प्रचण्ड लमजुङमा

नेपालखबर
भदौ २१, २०८२ शनिबार २०:७, लमजुङ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुष्पलाल लोकमार्ग अभियानमा सहभागी हुन लमजुङको मध्यनेपाल नगरपालिका करापुटार आइपुगेका छन्।

उनलाई त्यहाँ बाजागाजासहित स्वागत गरीएको थियो। अभियानमार्फत जनतामाझ प्रत्यक्ष संवाद गर्दै अगाडि बढेको र जनताको अपार समर्थनले आफूलाई नयाँ ऊर्जा दिएको उनको भनाइ थियो। 

त्यस्तै भोर्लेटारमा माओवादी केन्द्र नगर समितिले आयोजना गरेको स्वागतसभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो। अरूले कुहेको पिठो बेचिरहेका छन्। त्यसैले हामीले गरेका काम जनतालाई भन्न र जनसंग सम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौं।’

प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियान जनतासँगको प्रत्यक्ष संवादको अवसर बनेको उल्लेख गर्दै भने, ‘मध्यपहाडी लोकमार्गको अभियान बैतडीबाट सुरु गर्दा लमजुङ आइपुग्दा तराई-मधेस र स्थगित अभियानमा जस्तो सहभागिता नहोला भन्ने लागेको थियो। तर यहाँको विशाल जनसहभागिताले उत्साहित बनाएको छ।’

उनले माओवादी नेतृत्वको पहिलो सरकारमा मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग), हुलाकी मार्ग, उत्तर-दक्षिण करिडोर निर्माण र गरिब किसानको ऋण मिनाहा जस्ता महत्वपूर्ण काम गरिएको स्मरण गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad