ad ad

गण्डकी


पोखरामा श्रीमान्‌ले गरे श्रीमतीको बीभत्स हत्या

पोखरामा श्रीमान्‌ले गरे श्रीमतीको बीभत्स हत्या

नेपालखबर
भदौ २६, २०८१ बुधबार १४:५०, काठमाडौँ

पोखरामा एक व्यक्तिले आफ्नै श्रीमतीको बीभत्स हत्या गरेका छन्। 

कास्कीको अन्नपूर्ण गाउँपालिका-९, नौडाँडा घर भइ हाल पोखरा-८, कुँवरटोलमा डेरा गरी बस्ने ४२ वर्षीय जवरसिंह कुँवरले बुधबार मध्यान्न १२ः१० बजेतिर ४० वर्षीया श्रीमती राधिका कुँवरको हत्या गरेको कास्की प्रहरीले जनाएको छ।

सामान्य विवादका बीच निजले श्रीमतीको घाँटी र पेटमा खुकुरी प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ।

खुकुरी प्रहारबाट घाइते राधिकालाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए।

श्रीमान् र श्रीमतीबीच लामो समयदेखि विवाद रहँदै आएको र आज पनि त्यही विषयमा विवाद भएको हुनसक्ने छिमेकीले बताएका छन्।

उनीहरूका एक छोरा छन्। जवरसिंहलाई नियन्त्रणमा लिएको र अनुसन्धान थालिएको पनि प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .