गण्डकी


पोखरामा मेयर जापानतिर, ११ अर्बको परियोजना सम्झौता हुँदै

पोखरामा मेयर जापानतिर, ११ अर्बको परियोजना सम्झौता हुँदै

नेपालखबर
बैशाख ७, २०८० बिहिबार २०:२६, पोखरा

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य जापानतिर लागेका छन्। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा प्रमुख आचार्य शुक्रबार जापान जाने भएका हुन्। 

जापानमा उनले पोखरा महानगरपालिका भित्र व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको लागि जाइकासँग सम्झौता गर्नेछन्।

सो परियोजनको जाइकाले नै सम्भाव्यता अध्ययन र डीपीआर तयार पारेको हो। उनीसहित सात सदस्यीय टोलीमा ३ जना इन्जिनियरसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक रामकुमार श्रेष्ठ र खानेपानी मन्त्रालयकी सहसचिव मैना श्रेष्ठ समेत रहेका छन्।

पोखरा महानगरपालिकाको तर्फबाट इन्जिनियर विवेक कुमार क्षेत्री यसअघि नै  परियोजनासँग सम्बन्धित २१ दिने तालिमको क्रममा जापानमा छन्।  

मेयर आचार्यका अनुसार ११ अर्ब रुपैयाँ लागतको यो परियोजना अनुसार फोहोर पानीको प्रशोधन केन्द्र सञ्चालन मात्र गरिने छैन, वातावरणीय स्वच्छता प्रवर्द्धन पनि हुनेछ। उनका अनुसार सो परियोजना निर्माणपछि ढलको पानी प्रशोधन गरी नदीमा पठाइने छ। 

दिगो विकासको लक्ष्य अनुसार सन् २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने स्मरण गर्दै मेयर आचार्यले यो काममा पोखराले बाजी मार्ने पनि जिकिर गरे। 

जाइका कै सहयोगमा पोखरामा बृहत खानेपानी सुधार आयोजना पनि सञ्चालनमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad