महानायक राजेश हमाल र सुन्दरी नायिका करिश्मा मानन्धर लामो समयको अन्तरलपछि एउटै म्युजिक भिडियोमा देखिएका छन्।
पचासको दशकाको नेपाली चलचित्र क्षेत्रको चर्चित जोडीका रुपमा देखियो यो जोडी पछिल्लो समय भने सँगै देखिएका थिएनन्। ‘चट्ट बसम देउरालीमा’ बोलको गीतको भिडियोमा राजेश र करिश्मालाई प्रस्तुत गरिएको छ।
उनीहरु दुवै जनाको अभिनय रहेको एक समयको सफल चलचित्र ‘साथी’को चर्चित गीत ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउन’को स्मरण गर्दै कथात्मक शैलीमा सुरु गरिएको यस गीतमा राजेशले करिश्मालाई आँफूले अंग्रेजी सिकेको कुरा स्मरण गराएको र राजेशले प्रेम प्रस्ताव राखेको दृश्यलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ।
दीपक शर्माको शब्द र संगीत रहेको गीतमा नेपाली गजल र सुगम संगीतमा लामो समय बिताएका भीम चापागाईंले गायिका मेलिनासंगको युगल गायनमा तयार गरेको डान्सिङ बिटको गीतमा देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको छ।
उत्सव दाहालले छायांकन गरेको गीतको सम्पादन अच्युत बजागाईंले गरेका छन्।
हेराैँ भिडियो

प्रतिक्रिया