त्यो भेटघाटमा कसले आयोजना गर्यो त्यो देखिँदैन। ‘झ्याम पारम...’ भन्ने गीत कसको फर्माइसमा बज्न थाल्यो त्यो पनि खुल्दैन। तर हिजोदेखि एउटा भिडियो चर्चित बनेको छ— पूर्वयुवराज पारस शाह र उनका पुत्र हृदयेन्द्रले ‘झ्याम पारम... झ्याम पारम...’ भन्दै डान्स गरेको भिडियो।
भिडियोको पृष्ठभूमि कुनै डान्स बार वा पबको देखिन्छ। बुवा–छोरा निकै खुशी र बिन्दास देखिन्छन्।
झ्याम पारम गीत बज्न थालेपछि पारस कम्मर मर्काउन थाल्छन्। हृदयेन्द्रले पनि आफूलाई रोक्न सक्दैनन्। ‘माया बिना जीवन, पानीबिना बादल...झ्याम पारम’ भन्दै दुवै जना कम्मर मर्काउँदा जमघटको रौनक नै अर्को बन्छ।
पछिल्लो समय नेपाली युवाबीच चासोको विषय बन्ने गरेका २३ वर्षीय हृदयेन्द्र सेतो क्याजुवल सर्टसहित आकर्षक गेटमा देखिएका छन्। नाडीमा स्टिल घडि देखिन्छ। वयस्क बन्दै गएका उनले चुस्स दाह्री पालेका छन्। र्याप शैलीमा हातका औँलाको इसारा गर्दै डान्स गरिरहँदा हृदयेन्द्र खुशी देखिन्छन्। युवा पुस्तामाझ चर्चित हृदयन्द्रको यो ‘कूल’ प्रस्तुति रोमाञ्चक छ।
अर्कोतर्फ युवराज पारश छोराको डान्समा लय मिलाउँदै झुमिरहेका देखिन्छन्।
यो भिडियो टिकटकको पी.सरकार अकाउन्टमा पहिलो पटक पोष्ट भएको देखिन्छ।
Shares

प्रतिक्रिया