कला


छायांकन सुरू नहुँदै तोकियो विजय र पूजाको ‘रत्यौली’ को रिलिज मिति

छायांकन सुरू नहुँदै तोकियो विजय र पूजाको ‘रत्यौली’ को रिलिज मिति

नेपालखबर
असार १५, २०८३ सोमबार १३:२८, काठमाडौँ

अभिनेत्री पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्म ‘रत्यौली’को प्रदर्शन मिति तोकिएको छ। यो फिल्म फागुनको २१ गतेबाट विश्वव्यापी रुपमा रिलिज हुनेछ। 

सुरज आचार्यको निर्माणमा तयार हुने फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दैछन्। यस फिल्ममा विजय बराल र पूजा शर्मा फाइनल भइसकेका छन्।

नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायांकन भदौ महिनाबाट सुरु हुँदैछ।

वैशाख १ गते नयाँ वर्षको अवसरमा फिल्मको घोषणा गरिएको थियो। पोस्टर सार्वजनिक भएसँगै यसले चर्चा पाएको थियो।

यो फिल्मको वितरणको जिम्मा रिच इन्टरटेन्मेन्टका लागि करण श्रेष्ठले लिएका छन्। महाशिवरात्री र नारी दिवस परेकाले फिल्मको प्रदर्शन मिति फागुन २१ लाई तय गरिएको करणले बताएका छन्।

सामाजिक कथावस्तुमा तयार हुने यो फिल्मको हाल धमाधम प्रि-प्रोडक्सनको काम चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad