कला


बक्सअफिसमा कमजोर देखियो ‘आई एम जितबहादुर’, हालसम्मको कमाइ कति?

बक्सअफिसमा कमजोर देखियो ‘आई एम जितबहादुर’, हालसम्मको कमाइ कति?

नेपालखबर
असार १५, २०८३ सोमबार १३:३५, काठमाडौँ

चलचित्र विकास बोर्डले पछिल्ला फिल्महरूको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ। जसमा कलाकार जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘आई एम जितबहादुर’ को कमाइ कमजोर देखिएको छ। 

बक्सअफिस तथ्यांकअनुसार असार ५ गतेदेखि रिलिज भएको फिल्मले १० दिनमा सिनेपा बक्सअफिसमा ३१ लाख ७ हजार ६९२ रूपैयाँ ग्रस कमाइ गरेको छ। असार १४ गतेसम्म उक्त कमाइ गर्दा फिल्मको ९ हजार ६२६ वटा टिकट बिक्री भएका छन्। 

जितु नेपालसँगै वर्षा राउत, प्रियंका कार्की, सन्दिप क्षेत्री, देशभक्त खनाललगायत कलाकारहरूको अभिनय छ। सुभेन्दु घोष निर्देशित यस फिल्मले फिल्मले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ।

फिल्मको व्यापार कमजोर देखिएसँगै दोस्रो सातामा आइपुग्दा यसको शोमा भारी गिरावट देखिएको छ।

त्यसैगरि, जेठ १५ गतेदेखि प्रदर्शन भएको ‘रोल नं १’  ले १ करोड ६८ लाख ९५ हजार ग्रस कलेक्सन गरेको छ। सोही अवधिमा फिल्मका ६५ हजार ३ सय ५ टिकट बिक्री भएका छन्। यस फिल्ममा 

त्यस्तै, स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म  ‘लालीबजार’ ले ९ करोड ३१ लाख ७७ हजार ६९० व्यापार गरेको छ। शनिबार मात्रै यस फिल्मले प्रदर्शनको ५१ औं दिन मनाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad