अटो


सुर्खेतमा पियाजियोको भेस्पा र अप्रिलियाको शोरुम

सुर्खेतमा पियाजियोको भेस्पा र अप्रिलियाको शोरुम

नेपालखबर
असोज १३, २०७६ सोमबार ७:३७,

नेपालमा पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सका आधिकारिक बिक्रेता प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना एमभी दुगड़ ग्रुपअन्तर्गतको दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले आज सुर्खेतमा एक कार्यक्रम गरी शोरुमको उद्घाटन गरेकोे छ। उक्त शोरुम सुर्खेतमा श्रीनाथ सप्लायर्सले सञ्चालनमा ल्याएको हो।

शोरुमको उद्घाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र भेस्पा/अप्रिलियाका हेड अफ अपरेसन विजय महतोले संयुक्त रुपमा गरेका थिए। सोही कार्यक्रममा ११ वटा स्कुटरका ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा मन्त्री बुढाले यस्तो प्रिमियम प्रोडक्टको नयाँ शोरुम सञ्चालनमा आउँदाको आफ्नो खुसी व्यक्त गरे। यसले नेपाली ग्राहकहरुको मन जित्न सफल हुने आफ्नो विश्वास मन्त्री बुढाले व्यक्त गरे।

vespa surkhet 2

यसै कार्यक्रममा कम्पनीका हेड अफ अपरेसन (भेस्पा/अप्रिलिया) विजय महतोले कम्पनीको बजार विस्तारबारे जानकारी गराउँदै नेपालमा आक्रामक ढंगले यसको बजार विस्तार गरिरहेको बताए।

उनले भने, ‘हाल २४ वटा विभिन्न शाखा तथा डिलरहरुमार्फत बिक्रीवितरण गरिरहेका छौं साथै आगामी ६ महिनामै थप १० वटा नयाँ सहरहरुमा आफ्नो शाखा तथा डिलरहरुको सञ्जाल विस्तार गर्ने छौँ।’

साथै श्रीनाथ सप्लायर्सका सञ्चालक मुकुन्दनाथ योगीले नेपाली जनतालाई उच्चस्तरीय थ्रिएस(सेल्स, सर्भिस र स्पेयर्स) सेवा उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे।

भेस्पा र अप्रिलिया उच्चस्तरिय इटालियन टेक्नोलोजिमा निर्मित आकर्षक ग्राफिकमा र इटालियनको उच्च प्रविधि र बनावटको दक्षता प्रस्तुत गर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad