राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष पुगेका छन्। १९७६ असोज ७ गते लमजुङमा जन्मिएका घिमिरेले सोमबार उमेरले शताब्दी टेकेका हुन्।
राष्ट्रकवि घिमिरे सय वर्ष पुगेको अवसरमा राष्ट्रपति विदादेवी भण्डारीले उनलाई शुभकामना दिएकी छन्।
राष्ट्रकवि निवास लैनचौर पुगेर राष्ट्रपति भण्डारीले घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी थिइन्।
१९९४ सालमा ‘नवमञ्जरी’ नामक कविताको संग्रह प्रकाशन गरेर नेपाली साहित्य जगतमा प्रवेश गरेका घिमिरेले गीतनाटक, शोककाव्य, निबन्ध, काव्य, समालोचना गरी दुई दर्जन बढी कृति प्रकाशित छन्। हाल उनी महाकाव्य लेखिरहेका छन्।
२००४ सालमा जीवनसंगिनी गौरीको निधन भएपछि घिमिरेले २००५ सालमा महाकालीसँग विवाह गरेका थिए। अहिले उनी ८४ वर्ष पुगेकी छन्।

प्रतिक्रिया