कारोबार


प्रभु बैंकको कुरिनटार शाखा कार्यालय सञ्चालनमा

प्रभु बैंकको कुरिनटार शाखा कार्यालय सञ्चालनमा

नेपालखबर
असोज ६, २०७६ सोमबार ७:५७,

प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आफ्नो १ सय ९६औं शाखा कार्यालयको रुपमा कुरिनटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको कुरिनटार शाखा कार्यालयको उद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ्गले बिहान ०९ः ४५ बजे एक समारोहका बीच गरेकी हुन्।

बैंकको कुरिनटार शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष गुरुङ्गले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताइन्।

बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि मात्र भएको नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्नु हुँदै प्रभु बैंकको सफलताको कामना गर्दै  मन्तव्य राखिन्। बैंकको कुरिनटार शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवीलगायतको उपस्थिति थियो।

बैंकको कुरिनटार शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा कुरिनटार शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad