कला


विराटले सुनाए पहिलो भेटदेखि हनिमुनसम्मका किस्सा

विराटले सुनाए पहिलो भेटदेखि हनिमुनसम्मका किस्सा

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ९:३९,

भारतीय क्रिकेट टोलीका कप्तान कोहली हालै अमेरिकाको टिभी कार्यक्रम ‘इन डेप्थ विथ ग्राहम बेनसिंगर’मा अतिथिका रुपमा पुगेका थिए। जहाँ उनले आफ्ना व्यक्तिगत जीवनका विषय खुलाए।

विराटले उक्त कार्यक्रममा अनुष्कासँगको पहिलो भेटदेखि हनिमुनको किस्सा सम्म खुलाए।

विराटले सुरुवातमा अनुष्कलाई एक स्याम्पुको विज्ञापन सुटिङ गर्नेक्रममा भेटेका थिए। त्यसबेला विराटले आत्मविश्वास निकै गुमाएका थिए।

विराटले भने,‘मैले अनुष्कासँग पहिलोपटक एक स्याम्पुको सुटमा भेटेको थिए। यो सुटिङ तीन दिनसम्म चलेको थियो। मेरा म्यानेजरले यो सुट अनुष्कासँग तय भएको बताएका थिए। यो सुनेर मैले आत्मविश्वास गुमाए। मैले म्यानेजरलाई भनेको थिए उनी व्यावसायिक कलाकार हुन्। मैले उनीसँग कसरी अभिनय गर्नु? उनले मलाई सम्झाए सबै ठिक हुनेछ भने। त्यही पनि म निकै डराएको थिए।’

विराट भन्छन्,‘जब मैले अनुष्कालाई पहिलोपटक देखेँ म झनै डराए। उनले हिल लगाएकी थिइन् उनी मभन्दा अग्लो भएको महशुस भयो।’

विराटले उक्त कार्यक्रममा अनुष्का र आफ्नो करियर सन् २००८ देखिसँगै सुरुवात भएको बताउँदै परिवारको पनि उस्तै सोच भएको बताए।

विराट र अनुष्काको विवाहलाई लिएर परिवारमा निकै उत्साह थियो। उनीहरुको विवाहलाई भारतमा ठूलो विवाहको रुपमा हेर्ने गरिन्छ।

विवाहका बारेका विराटले भने,‘विवाहको सबै तयारी अनुष्काले गरिन्। मेरो क्रिकेट खेल चलिरहेको थियो। विवाहको स्थान पनि अनुष्काले नै छानेकी हुन्।’

विराटका अनुसार उनीहरुको विवाहमा मात्र ४२ मानिसहरु सहभागी थिए। विवाह इटालीमा भएको थियो। इटालीबाट भारत फर्किएपछि पार्टीको आयोजना गरिएको थियो जहाँ बलिउडका कलाकारहरु साथै क्रिकेटरहरुलाई बोलाइएको थियो।

आफ्नो हनिमुनको बारेमा पनि विराटले केही किस्सा सुनाए। विराटका अनुसार दुवै भीडभाडभन्दा टाढा जान चाहन्थे। त्यसैले उनीहरुले फिनल्यान्ड जाने योजना बनाए।

उनीहरु फिनल्यान्ड पुग्दा कसैले उनीहरुलाई चिनेनन्। त्यसैले एकदिन उनीहरु मजाले गफ गर्दै कफी पिइरहेका थिए। विराटका अनुसार तर एक पगडी लगाएको मानिसले उनीहरुलाई हेरिरहेका थिए।

कोहलीले भने,‘हामी कफी पिउन गएका थियौं। हामी यस्तो दुनियाँमा थियौं जहाँ हामीलाई कसैले चिन्दैन थिए। तर नजिकैको टेबलमा बसेका एक मानिसले हामीलाई हेरिरहेका थिए। उनले पगडी लगाएका थिए। हामी उठेर भित्रको टेबलमा गयौं। तर केही क्षणमै ती मानिस आएर हामीसँग बोले र भनेः भेटेर खुशी लाग्यो मेरो थर पनि कोहली हो।’

विराटले सोचेका थिए उनीहरुलाई कसैले नचिनुन तर त्यो योजना सफल हुन सकेन। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad