ad ad

कला


पत्रकार कमल पौडेलले ल्याए ‘कोरोनाको पोको’

पत्रकार कमल पौडेलले ल्याए ‘कोरोनाको पोको’

नेपालखबर
भदौ ८, २०७७ सोमबार २:४३,

‘के कोसेली लान्छ्यौ दिदी ऐले नयाँ सालमा।
कोरोनाको पोको छ झाल झालमा।’

पोखरालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका पत्रकार कमल पौडेल ‘अथक’ को ‘कोरोनाको पोको’ शीर्षकको तीज गीत सङ्ग्रहमा उल्लेखित गीतको टुक्का हो यो।

हालै बजारमा आएको सङ्ग्रहमा कोरोना भाइरस, यसको उत्पत्ति, चीन, भारत, अमेरिका, इटालीसहितका विदेश तथा नेपाली समाजमा पारेको प्रभावलगायतका विषयलाई उल्लेख गरिएका २५ वटा गीत समेटिएका छन्।

कृषि प्रधान नेपाली समाजको यथार्थतालाई गीतमा समेट्दै यसबाट जोगिन सचेत बन्नुको विकल्प नभएको बताउँदै अथकको गीतमा भनिएको छ,

‘कतिबेला के हुनी हो यस्तो महामारीमा
मास्क लगाई जानुपर्छ खेतबारीमा।

मान्छेसँग नछोइनु, हिँड्नु, बस्नु अलग
सङ्क्रमतिलाइ घरमा छुट्ट बलक।’

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–३ पाख्रीबोट जन्मस्थान भई पोखरालाई कर्मस्थान बनाएका अथकको यो २० औँ कृति हो।

विसं २०५८ मा ‘रोएकी चेली’ शीर्षकको गीत सङ्ग्रहसहित साङ्गीतिक क्षेत्रमा आएका अथकको यस बीचमा ‘सामन्तको मलामी’, ‘जनताको शासन’, ‘भुन्टेको जन्तर’, ‘मुर्कट्टाको देश’, ‘बिर्खे रजाइँ’, ‘कर्मचारी सत्ता’, ‘घरको खजाना’, ‘भुइँचालाको देश’, ‘बर्खे तुनेलो’, ‘खन्चुवाको देश’, ‘गण्डकीको धुन’ र ‘कस्तो सदाचार?’ शीर्षकका गीत सङ्ग्रह बजारमा आइसकेका छन्।

त्यस्तै उहाँका ‘जाउँला बाटो भक्तपुरको’ लोकदोहोरी, ‘गजेको भोटो’ गजल सङ्ग्रह र ‘हाँडीका मकै’ हाइकु सङ्ग्रहका साथै ‘बसुन्धरा’ खण्डकाव्य र ‘उल्टो बाँसुरी’ उपन्यास पनि प्रकाशित भइसकेका छन्।

कृषि क्षेत्रका साथै खोजमुलक पत्रकारितामा विशेष कलम चलाउने अथकले २०६७ सालमा अर्गानिक कृषि सहकारी संस्था पोखराबाट ‘अर्गानिक कृषि पत्रकारिता पुरस्कार’, सामुदायिक सूचना समाज पोखराबाट ‘उत्कृष्ट खोज अनुसन्धान पत्रकारिता पुरस्कार’ सहित ‘आरसी कृषि पत्रकारिता पुरस्कार’, ‘गजल प्रतिभा पुरस्कार’, ‘अपाङ्ग उत्थान उत्कृष्ट पत्रकारिता सम्मान’ लगायतका दर्जनौँ पुरस्कार तथा सम्मान पाइसकेका छन्।

पत्रकार अथक हाल रेडियो सराङ्कोट, गोल्डेन आइ टिभी, सगरमाथा टिभी र असल साथी मासिकमा आबद्ध छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .