ad ad

समाज


भारतमा ७३ दिनभित्रै कोरोना खोप बजारमा आउँछ भन्ने कुरा सत्य हो?

भारतमा ७३ दिनभित्रै कोरोना खोप बजारमा आउँछ भन्ने कुरा सत्य हो?

नेपालखबर
भदौ ८, २०७७ सोमबार २:५९,

भारतको औषधि कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले आफूले अबको ७३ दिनभित्रै कोरोना खोप बजारमा ल्याउन लागेकाे भनेर सञ्चारमाध्यमममा आएका खबरकाे खण्डन गरेकाे छ।

उसले सूचना प्रकशन गरी कोरोनाविरुद्ध खोप उत्पादनका लागि भारत सरकारले आफूलाई अनुमति दिइसकेको तथा खाेपकाे तेस्रो चरणको परीक्षण चलिरहेको भए पनि यसको प्रभावकारिता पुष्टि नभएसम्म बजारमा नआउने जानकारी दिएको हो।

विज्ञप्तिमा भनिएको छ– खोप बजारमा त्यतिबेला मात्र आउँछ, जतिबेला यसको परीक्षण सफलतापूर्वक सम्पन्न र यो सुरक्षित र प्रभावकारी छ भनेर प्रमाणित हुन्छ। बजारमा आउनुअघि खोपले सबै मानकमा खरोसँग उत्तीर्ण हुनुपर्छ। अक्सफोर्ड र एस्ट्राजेनेका खोप तेस्रो चरणको परीक्षण जारी छ। जबसम्म हामी यो खोप सुरक्षित छ भन्ने प्रमाणित हुँदैन तबसम्म यो बजारमा आउँदैन। यस विषयमा हामी आधिकारिक रूपमा पुष्टि गर्छाैं।’

यसअघि बिजनेस टुडे पत्रिकाले एसआईआईले अबको ७३ दिनभित्र खोप बजारमा ल्याउँदै छ भनेर समाचार लेखेकाे थियो।

Screenshot 167 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .