कोरोनाबाट बच्न व्यवसायी तथा उपभोक्ताले सरकारले लागू गरेको सुरक्षा मापदण्ड पालना गरेका छन् कि छैनन् भनेर अनुगमन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सोमबार बिहानै काठमाडौंका कालिमाटी तथा बल्खुस्थित तरकारी बजारमा पुगेका छन्।
भीडभाड, खाद्यान्न तथा तरकारीको मूल्य कस्तो छ जस्ता कुरा अध्ययन गर्न मन्त्री भट्ट बिहानै त्यहाँ पुगेको उनका स्वकीय सचिव हितेश ओझाले जानकारी दिएका छन्।
याे पनि : काठमाडौंमा अन्य गतिविधि प्रतिबन्धित भए पनि यस्ता पसल चाबीसै घण्टा खुला
त्यस क्रममा मन्त्रीले व्यवसायी र उपभोक्ताले सुरक्षाका मापदण्ड अपनाएका छन् कि छैनन् भनेर अनुगम गर्नाका साथै यसबारे तथा र आपूर्ति व्यवस्थापनसम्बन्धी निर्देशन पनि दिएको उनले जानकारी दिएका छन्।
3
Shares
प्रतिक्रिया